राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो बैठक बसेको हो।
बैठकमा केन्द्रीय समितिका एजेन्डाबारे छलफल हुनेछ। साथै समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, केन्द्रीय महाधिवेशनको तालिका, सक्रिय सदस्यता वितरण नियामावली-२०८३, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली, निर्वाचन कार्यतालिका, निर्वाचन निर्देशिका २०८३ माथि छलफल गर्ने तयारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
भोलिदेखि राप्रपा केन्द्रीय समिति बैठक सुरू हुँदैछ। महाधिवेशन कार्यतालिकाबारे केन्द्रीय समितिमा छलफल हुनेछ।