राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।
सभापति लामिछानेको सचिवालयले दिएको जानकारीअनुसार आज दिउँसो उनी अदालत पुगेका हुन्।
‘रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार तारिखका लागि सभापतिज्यू आज काठमाडौं जिल्ला अदालत पुग्नुभएको छ,’ सचिवालयले भनेको छ।
लामिछानेमाथि सहकारी बचत रकम अपचलनसम्बन्धी मुद्दा छ।