नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पार्टीको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका छन्।
जन्मदिनको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले करिब ४८ वर्षदेखिको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन्।
उनले पार्टी साधारण सदस्य रहेर बस्ने पनि उल्लेख गरेका छन्।
‘आज मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण आदरणीय आफन्त, मित्रजन, शुभेच्छुक तथा सहकर्मीहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु। उमेरको ७० औँ वर्षमा प्रवेश गर्दै गर्दा लामो समयदेखि स्वास्थ्यमा देखिएको अस्वस्थताका कारण सक्रिय राजनीतिबाट बिदा हुने निर्णय गरेको छु,’ महराको भनाइ छ।
उनले राजनीतिक यात्रामा साथ, सहयोग, विश्वास र माया प्रदान गर्ने सबैप्रति आफू ऋणी रहने पनि उल्लेख गरेका छन्।
स्वास्थ्यका कारण सक्रिय राजनीतिबाट बिदा हुनुपरेको उनको भनाइ छ।
यस्तो छ महराको वक्तव्य-
