प्रतिनिधि सभाको बिहीबारको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
प्रस्तावको पक्षमा 'हुन्छ' भन्ने सदस्यको संख्या बहुमत आएकोले सभामुखले विधेयकको प्रस्तावना र नाम विनियोजन विधेयकको अंग बनेको घोषणा गरेका हुन्।
अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।