राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष नवराज सिंखडासहित नेताहरूले पार्टी छाडेका छन्।
राप्रपा नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको भन्दै उनीहरूले संयुक्त रूपमा आज पार्टी परित्याग गरेका हुन्।
‘राप्रपामा रहेर काम गर्दा लामो समयसम्म साथ सहयोग दिनुहुने सम्पूर्ण अग्रज नेताज्यूहरूमा हार्दिक नमन गर्दै काठमाडौं जिल्लाका तमाम साथीहरूले ममाथि गरेको विश्वासप्रति हार्दिक आभार प्रकट गर्दछु,’ सिंखडाले भनेका छन्।
उनले अब आफूहरू स्वतन्त्र रहने पनि बताए।