राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन्।
रास्वपाले असार ७ गते दिउँसो १ बजे चितवनको भरतपुरमा प्रथम महाधिवेशन उद्घाटन समारोह आयोजना गर्दैछ।
महाधिवेशनमा अन्य दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गरिएको रास्वपाले जनाएको छ।
जसअनुसार अध्यक्ष लिङ्देन रास्वपा महाधिवेशन समुद्घाटन समारोहमा उपस्थित रहने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको असार ७ गते चितवनमा हुने प्रथम महाधिवेशन समुद्घाटन समारोहमा पार्टीको तर्फबाट शुभकामना दिन र सम्बोधन गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुनेछ,’ उनले भने।