राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ।
शनिबार दिउँसो साढे २ बजेदेखि भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरू भएको हो।
बैठकमा सभापति रवि लामिछानेले स्वागत मन्तव्य दिएका थिए।
त्यसपछि महाधिवेशन आयोजक उपसमितिहरूको संयोजकहरुले तयारीबारे बैठकलाई जानकारी गराइरहेको प्रवक्ता मनिष झाले जानकारी दिए।
पहिलो महाधिवेशनअघि रास्वपाको यो अन्तिम केन्द्रीय समिति बैठक हो।
भरतपुरमै भोलिदेखि रास्वपाको महाधिवेशन सुरू हँदैछ।
महाधिवेशन सम्मुखमा बस्न लागेको केन्द्रीय समिति बैठकका लागि पाँचवटा कार्यसूची निर्धारण गरिएको छ।
महाधिवेशन तयारी, महाधिवेशनका प्रतिनिधि, त्यहाँ प्रस्तुत हुने प्रतिवेदन, विधान र महाधिवेशनकै विविध विषयमा छलफल हुने कार्यसूची छ।