राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहिता जारी गर्दै आइतबारदेखि सुरू हुने महाधिवेशनमा प्यानल बनाउन निषेध गरिएको जनाएको हो।
'निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ। निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार-प्रसार गर्न वा गराउन पाइने छैन,' आचारसंहितामा भनिएको छ।
प्रचारप्रसार पनि निर्वाचन आयोगले उम्मेदवारी प्रमाणित गरेपछि मात्रै सुरू गर्न सकिने आचारसंहितामा उल्लेख छ।
त्यस्तै प्रचारप्रसारमा अधिकतम २×२ फिट साइजको एउटा मात्रै पोस्टर प्रयोग गर्न पाइने आयोगले जनाएको छ।
महाधिवेशनस्थल तथा त्यसको आसपासमा क्षेत्रहरूमा कुनै पनि प्रकारका प्लाकार्ड, ब्यानर, फ्लेक्स, पर्चा वा पम्प्लेट प्रदर्शन र वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको आयोगले जनाएको छ।
यस्तो छ आचारसंहिता
-1781950305.jpg)