महेन्द्रनगरबाट बाजुराको मार्तडी गइरहेको बस सडकमै पल्टिएको छ।
आज बिहान ७ बजेर १० मिनेटमा उक्त बस साँफेबगर-मार्तडी सडक खण्डस्थित बुढीगंगा नगरपालिका ८ रिठाबजार क्षेत्रमा सडकमै पल्टिएको हो।
अस्थायी प्रहरी पोष्ट रिठाबजार बाजुराका अनुसार बस सडकमा बायाँतर्फ नाली भागमा पल्टेको हो। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।
बस बाजुरा खप्तड छेडेदह गाउँपालिका ५ दोगडीका ४३ को खडक बुढाले चलाएको खुलेको छ।
दुर्घटनामा २३ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल लगिएको छ।
साथै एक जना घाइतेलाई वयालपाटा अस्पताल अछाम पठाइएको छ। २ जना घाइते आफुखुसी उपचारका लागि मोटरसाइकलमा गएको भन्ने विवरण आएको प्रहरीले जनाएको छ।