राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवनतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह रास्वपा वरिष्ठ नेता पनि हुन्।
आजदेखि रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरू हुँदैछ।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनतर्फ प्रस्थान गरेका हुन्। साथमा उनकी श्रीमती र छोरी पनि छन्।
जहाजमा सवार रहेका यात्रुहरूलाई फोटो तथा भिडिओ खिच्न रोक लगाइएको छ।
यही जहाजमा राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन पनि चितवन जाँदैछन्।
रास्वपाले विभिन्न दलका शीर्ष नेताहरूलाई शुभकामना दिन आमन्त्रण गरेको छ।