राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरू भएको छ।
चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह भएको हो।
कार्यक्रममा प्रधानमन्त्री बालेन शाह पनि उपस्थित छन्। उनी रास्वपा वरिष्ठ नेता पनि हुन्।
साथै सभापति रवि लामिछानेसहित रास्वपाका नेताहरू र संघीय सरकारका अधिकांश मन्त्रीहरू महाधिवेशनमा सहभागी छन्।
रास्वपाले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन अरू दलका नेताहरूलाई पनि बोलाएको छ।
नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी छन्।
साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रास्वपा महाधिवेशनमा सहभागी भएका छन्।