राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन केही बेरमा सुरू हुँदैछ।
चितवनको भरतपुरस्थित गेस्ट हाउस चउरमा रास्वपा महाधिवेशनको उद्घाटन हुँदैछ।
उद्घाटनका समारोहका लागि मञ्च तयार भइसकेको छ।
उद्घाटन दिउँसो १ बजेदेखि सुरू हुने भनिए पनि अझै सुरू भएको छैन।
प्रधानमन्त्री बालेन शाह भरतपुर पुगिसकेका छन्। अन्य दलका शीर्ष नेता र प्रतिनिधिहरू पनि पुगेका छन्।
उद्घाटन समारोह सुरू हुनु अघि मञ्च र महाधिवेशनस्थलमा सुरक्षा चेकजाँच गरिएको छ।
नेपाली सेनाको बम स्क्वाड र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहितको टोलीले सुरक्षा चेकजाँच गरेको छ।
तस्बिरहरूः
-ink-1782028853.jpeg)
-ink-1782028853.jpeg)
-ink-1782028853.jpeg)
-ink-1782028853.jpeg)
-ink-1782028852.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।