रास्वपा महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरू हुँदैछ।
महाधिवेशनमा प्रधानमन्त्री बालेन शाहदेखि विभिन्न पार्टीका शीर्ष नेताहरू, मन्त्रीहरू र सांसदहरू पनि सहभागी छन्।
महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
नेपाल प्रहरीलगायत सुरक्षा निकाय परिचालन गरिएका छन्।
साथै कालो लुगा लगाएका सुरक्षा गार्डहरू पनि खटाइएको छ। गढी सेक्युरिटी कम्पनीले सुरक्षा गार्डहरू परिचालन गरेको हो।
साथै निलो लुगा लगाएका युवाहरू पनि सुरक्षार्थ खटिएका छन्। उनीहरू भने रास्वपाकै र्याट टिमका युवाहरू हुन्। २२५ जना र्याट टिमका युवा आउने भनेर नाम टिपाए पनि महाधिवेशनस्थलमा अहिलेसम्म १०५ जनामात्रै छन्।
र्याट सदस्यहरू जिल्ला जिल्लाबाट आएका हुन्।
तस्बिरहरू-


