राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।
उद्घाटन सत्रमा रास्वपाले केन्द्रीय पदाधिकारी र आमन्त्रीत नेताहरुलाई मञ्चमा आसन ग्रहण गराएको छ। सरकारका मन्त्री, सांसद र केन्द्रीय सदस्यहरुलाई तल दर्शकदिर्घाको अघिल्लो पंक्तिमा आसन ग्रहण गराइएको छ।
तर पदाधिकारी नभए पनि गृहमन्त्री सुदन गुरुङ मञ्चमै बसेका छन्।
गृहमन्त्री गुरुङ प्रधानमन्त्री शाह र सभापति लामिछानेसँगै कार्यक्रमस्थल पुगेका थिए। सुरुआतमा उनी केहीबेर मञ्चमा उक्लने ठाउँमा उभिए।
तर केहीबेर पछि उनी आफैले कुर्सी ताने र प्रधानमन्त्री बालेनको ठिक पछाडि राखेर बसे।
जबकी संघीय मामिला मन्त्री प्रतिभा दर्शक तर्फको पहिलो लरहमा छिन्। त्यस्तै सञ्चार मन्त्री विक्रम तिमिल्सिना, स्वास्थ्य मन्त्री निशा मेहेता पनि दर्शक दिर्घामा छन्।
तर पदाधिकारी पनि रहेका मन्त्रीहरु स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम मञ्चमा छन्।