जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई नयाँ दिशातिर लैजाने अवसर रास्वपालाई प्राप्त भएको बताएका छन्।
चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा आज भएको रास्वपा प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकका पुराना विकृतिलाई छाडेर रास्वपा नयाँ दिशातर्फ जाने अवसर रहेको बताए।
‘अब मुलुक पहिलेका विकृति र विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा जाने र लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ, यो महाधिवेशनले नयाँ युगको थालनीका लागि महत्त्वपूर्ण सावित हुनेछ,’ उनले भने।
मुलुकले अहिले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको पनि उनले बताए।
साथै उनले संविधानमा केही कमजोरीहरू रहेकोले सच्याएर जान पनि आग्रह गरेका छन्।