प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो राष्ट्रवादमा कुनै पनि शंका नराख्न आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेने सीमा सम्बन्धमा आफ्नो अभिव्यक्तिलाई लिएर चिन्ता नगर्न भनेका हुन्।
'हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ। हामी ल्याउँछौं। त्यो कुरा ल्याउँछौं। यसमा आशंका मान्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन। कसैले मान्नुपर्दैन,' उनले भने।
भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता नखोजेको पनि उनले बताए।
'ब्रिटिशले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं। ब्रिटिशलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौं,' उनले भने।
प्रधानमन्त्री बालेनले जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट नेपालले भनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्तिा दिएका थिए।
उक्त अभिव्यक्तिप्रति विपक्षी दल र नागरिकस्तरमा समेत प्रधानमन्त्री बालेनको चर्को आलोचना भएको थियो।
त्यस बेलाको अभिव्यक्तिबारे प्रधानमन्त्री बालेनले पार्टीको महाधिवेशनमा प्रष्ट पारेका हुन्।