राष्ट्रिय स्वतन्त्र पार्टीको मधेस प्रदेशका महाधिवेशन प्रतिनिधिहरूको पनि नामावली सार्वजनिक गरेको छ।
आइतबार बेलुकीसम्म ६ वटा प्रदेशका मात्रै महाधिवेशन प्रतिनिधिहरूको सूची वेबसाइटमा राखिएको थिएन।
राति भने वेबसाइटमा मधेसका प्रतिनिधिहरूको सूची राखिएको हो।
सूचीअनुसार मधेसबाट ५९२ जना प्रतिनिधि छन्।
केन्द्रीय निर्वाचन उपप्रमुख राम गुरूङका अनुसार महाधिवेशनमा ४ हजार बढी प्रतिनिधि छन्।
कोशीको ३१३, गण्डकी ४७७, बागमती ७४४, सुदूरपश्चिम ५५०, कर्णाली ३४३, लुम्बिनी ६३६, प्रवासी १६३ छन्।
सोमबार बिहान १० बजे निर्वाचन कार्यालयले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।