राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत बन्द सत्रका कार्यक्रम केही ढिला हुने भएको छ।
बिहान साढे ८ बजेदेखि सुरू हुने भनिएको दोस्रो दिनको कार्यक्रम अझै सुरू भएको छैन।
अहिले चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लाइनमा छन्। उनीहरू महाधिवेशन प्रतिनिधि परिचय पत्र देखाउँदै हलमा प्रवेश गरिरहेका छन्।
महाधिवेशन प्रतिनिधिका लागि ठूलो संख्यमा दाबी विरोध परेको छ। त्यसमा रूजु गर्ने काम पनि भइरहेको छ। कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेका कारण उनीहरूले पनि दाबी विरोधको फाराम भरेका छन्।
त्यसमा अन्तिम टुंगो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गरिनेछ।
महाधिवेशनको कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्र निर्धारित समयभन्दा डेढ/दुई घन्टा ढिला हुने बताए।
'बन्द सत्र डेढ घन्टा ढिला हुने देखियो ।ब्रेक फास्टको समय धकेलियो अरू कार्यक्रम पनि धकेलियो,' उनले भने।