लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार दिउँसो १ः०० बजे बस्ने गरी पूर्वनिर्धारित आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो।
सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा आजको बैठक स्थगित गरी असार ९ गते मंगलबार दिउँसो ३ः०० बजेका लागि तय गरिएको छ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।