बेलायती प्रधानमन्त्री कियर स्टार्मरले पदबाट आफ्नो बहिर्गमनको समयतालिका चाँडै नै सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यसले ब्रिटेनलाई एक दशकमा सातौं प्रधानमन्त्रीको दिशातर्फ धकेल्नेछ। स्टार्मरले राजीनामाको घोषणा गरे भर्खरै सांसद निर्वाचित भएका एन्डी बर्नहमका लागि उनको स्थान लिने बाटो प्रशस्त गर्नेछ।
स्टार्मरले सत्ता छोड्ने सम्बन्धी विज्ञप्ति सोमबार नै आउन सक्ने उनका सहयोगीहरूले जानकारी दिएको भनेर ब्लुमबर्गले लेखेको छ।
स्टार्मरले गत तीन दिन आफ्नो पद र गत हप्ता मात्र संसद्मा निर्वाचित भएका बर्नहमले उनलाई पदच्युत गर्न गरिरहेको प्रयास विरूद्ध संघर्ष जारी राख्ने कि नराख्ने भन्नेबारे विचार गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै स्टार्मरले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका थिए। तर बेलायतका एक अधिकारीले ट्रम्पलाई सरकारको तर्फबाट कुनै पनि कुरा जानकारी नगराइएको र उनको स्टार्मरसँग कुराकानी पनि नभएको बताएका थिए।
बेलायती पत्रिका द गार्डियन आइतबार साँझ अज्ञात मन्त्रीहरूलाई उद्धृत गर्दै स्टार्मरले सोमबार बिहान स्टार्मरले एक विज्ञप्ति मार्फत आफ्नो मनसाय स्पष्ट पार्ने लेखेको थियो।
स्टार्मर सत्ता छोड्ने संघारमा पुग्नु लेबर पार्टीलाई १४ वर्षपछि सत्तामा फर्काउन सन् २०२४ मा उनले हासिल गरेको सानदार चुनावी जितपछि एक आश्चर्यजनक उल्टो मोड हो। स्टार्मरको प्रधानमन्त्रीकाल नीतिगत गल्तीहरू र लोकप्रियतामा निराशाजनक कमीबाट ग्रस्त रह्यो। यसको पराकाष्ठा मे महिनाको स्थानीय चुनावमा व्यहोर्नुपरेको ठूलो हारमा देखियो, जसका कारण उनका झन्डै एक चौथाइ सांसदहरूले उनलाई पद छोड्नुपर्ने आवाज उठाए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)