आज बिहान ९ बजे सुरू गर्ने तालिका रहेको रास्वपा महाधिवेशनको बन्दसत्र अपराह्न ३ बजेसम्म पनि सुरू हुन सकेको छैन।
चितवनको भरतपुरस्थित बन्द सत्र हलमा प्रतिनिधिहरू सुत्न थालेका छन्।
मधेस प्रदेशका प्रतिनिधिभित्र विवाद भएपछि उजुरीसमेत परेको थियो। अहिलेसम्म प्रतिनिधि टुंगिएको पनि छैन।
बन्द सत्र सुरू नहुँदा विभिन्न प्रतिवेदनहरू पेस र त्यसमाथि छलफल हुन सकेको छैन। साथै निर्वाचन प्रक्रिया पनि सुरू हुन सकेको छैन।
केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी छ। रास्वपामा करिब ४ हजार प्रतिनिधि सहभागी छन्।
तस्बिरहरू-
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120014.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
-ink-1782120013.jpeg)
सबै तस्बिर- नेपाल फोटो लाइब्रेरी।