राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि संख्या ४ हजार २११ पुगेको छ।
महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा दाबी विरोध परेपछि रूजु गरी प्रतिनिधि कार्ड बाँड्न थालिएको छ।
मंगलबार बिहानसम्म प्रतिनिधिको संख्या ४ हजार २११ पुगेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
कोशीमा ५५१ जना, मधेसमा ५४० जना, बागमतीमा ५०२ जना, गण्डकीमा ३५६ जना, लुम्बिनीबाट ५२२ जना, कर्णालीबाट ३१३ र सुदूरपश्चिममा ४०० जना प्रतिनिधि छन्।
प्रवास समिति र संघीय सांसदहरू पनि महाधिवेशन प्रतिनिधि रहन्छन्। प्रवास समितिको विवरण रूजु भइरहेको छ।
त्यसकारण प्रतिनिधिको संख्या अझै बढ्ने देखिएको छ।
रास्वपाको सोमबार नै बन्द सत्र हुने कार्यतालिका थियो।
प्रतिनिधिहरूको संख्या टुंगो नलाग्दा बन्द सत्रको सोमबारको कार्यतालिका स्थगित भएको थियो।
मंगलबारबाट बन्द सत्र सुरू हुनेछ।