नेकपा एमालेको संसदीय दल बैठक आज बस्ने भएको छ।
मंगलबार दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा संसदीय दल बैठक बस्ने प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।
उनकाअनुसार संसदीय दल बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन्।
यस्तै आजै सचिवालय बैठक पनि बस्नेछ।
प्रवक्ता निरज आचार्यका अनुसार अध्यक्ष ओलीनिवास भक्तपुर गुण्डुमा आज साँझ ६ बजे सचिवालय बैठक बस्ने तय छ।
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पहिलो पटक बैठक बस्न लागेको हो। सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेल पक्राउ परेका थिए।
समसामयिक राजनीतिक घटनाक्रमबारे सचिवालय बैठकमा छलफल हुने उनले बताए।