राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनका क्रममा निर्धारित समयपछि आइपुगेका प्रतिनिधिहरूले मतदान गर्न नपाएपछि महाधिवेशनस्थलमा विरोध जनाएका छन्।
चितवन प्रदर्शनी केन्द्रमा जारी निर्वाचनका क्रममा समयमै उपस्थित हुन नसकेका केही प्रतिनिधिहरूलाई मतदान गर्न नदिइएपछि उनीहरूले हल बाहिर धर्ना दिएका हुन्।
धर्नामा बसेका प्रतिनिधिहरूले आफूहरू वैध प्रतिनिधि हुँदाहुँदै पनि मतदानको अधिकारबाट बञ्चित गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
उनीहरूले निर्वाचन समितिले प्रतिनिधिहरूको अवस्थालाई ध्यानमा राखी मतदानको व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।
यता निर्वाचन समितिले भने पूर्वनिर्धारित कार्यतालिका र मतदान समयअनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ।
तोकिएको समयभित्र उपस्थित भएका प्रतिनिधिहरूलाई मात्र मतदान गर्न दिइएको र त्यसपछि आएका प्रतिनिधिलाई मतदान गराउन नसकिने समितिको भनाइ छ।
धर्नाका कारण केही समय महाधिवेशनस्थलको बाहिरी क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
अहिले मतदान सकिएको र मतगणना जारी छ।
तस्बिरहरू:
-1782477941.jpg)
-1782477940.jpg)
-1782477940.jpg)
-1782477941.jpg)
-1782477940.jpg)
-1782477940.jpg)
-1782477940.jpg)
-1782477941.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी