राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन्।
आज चितवनको भरतपुरमा भएको पदाधिकारी निर्वाचनमा सहमहामन्त्री पदमा डाँगी विजयी भएकी हुन्। उनले ७३७ मत प्राप्त गरेकी छन्।
उनी यसअघि केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी थिइन्।
झापाकी निशा प्रतिनिधि सभा सांसद पनि छिन्।
उनी यसअघि रास्वपा समानुपातिक सांसद पनि थिइन्। उनले सचेतक रहेर पनि काम गरिसकेकी छन्।
रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ। एक महिलासहित ३ पदमा आज निर्वाचन भएको हो। बाँकी दुई पद सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
३ सहमहामन्त्री पदमा १५ जना उम्मेदवार थिए।
सहमहामन्त्रीमा खुलातर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त उम्मेदवार छन्।
महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेदवार छन्।