राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।
आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्। विपिनले ६७३ मत ल्याएका हुन्।
महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो।
महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए।
महामन्त्री जितेका आचार्य प्रतिनिधि सभा सांसद हुन्। उनी यसअघि सहमहामन्त्री थिए।