रास्वपा उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन्।
उपसभापति पदकी उम्मेदवार डा. तोसिमा कार्कीलाई हराउँदै सोबिता निर्वाचित भएकी हुन्।
चितवनको भरतपुरमा आज पदाधिकारी निर्वाचन भएको थियो।
उपसभापति भएकी सोबिता प्रतिनिधि सभा सांसद र कानुन मन्त्री पनि छिन्। उनी यसअघि पार्टी सचिवालय सदस्य थिइन्।
उनी यसअघि पनि सांसद थिइन्।
रास्वपामा ३ जना उपसभापति रहने व्यवस्था छ।
त्यसमध्ये उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भएका थिए भने एक जना मनोनीत गर्न बाँकी छ।