राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सांसद मनिष झाले राज्यले नागरिकको चिन्ता निराकरण गर्ने भए पनि आफै थप आतंकित बनाएको भन्दै टिप्पणी गरेका छन्।
सञ्चार माध्यमका कार्यालय अघि र नेताका घर जाने बाटोमा निजी गाडी पार्किङ गरिएको घटनाप्रति लक्ष्य गर्दै उनले यसमा संगल्नमाथि अनुसन्धान तथा कारबाही हुनुपर्ने बताए।
‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले आज लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफै थप आतङ्कित बनाउने हैन।’
उनले स्तरहीन प्रयोग नगर्न पनि आग्रह गरेका छन्।
‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ उनले भनेका छन्।