पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ।
राप्रपा नेतासमेत रहेका थारूको ८८ वर्षको उमेरमा आज निधन भएको हो।
पार्टीका नेता थारूको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘पूर्वमन्त्री थारू प्रतिष्ठित सामाजिक र राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो,’ उनले भने।
उनी पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछि पनि पटक पटक मन्त्री भएका थिए।