नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले साउन अन्तिममा हुने राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताएका छन्।
४४ औं बिपी स्मृति दिवसका अवसर पारेर राजधानीमा कांग्रेस इतर पक्षले आयोजना गरेको भेलामा उनले भने, ‘यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले एउटा भेला हुन्छ भनेका छौं। त्यो राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय हुन्छ। के हो नयाँ कार्यदिशा भन्ने सबैले बुझ्छन्।’
उनले सभापति गगन थापालाई कपट नराखी एकताको पहल गर्न पनि आग्रह गरेका छन्।
उनले सभापति गगन थापाको नामै लिएर भने, ‘तपाईं साहसी बन्नुस्, अकपट बन्नुस्। खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्।’
त्यसक्रममा रोक्नेलाई धकेलिदिन पनि उनले आग्रह गरेका छन्।
‘तपाईंलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्। यति आँट छैन तपाईंमा?,’ उनले प्रश्न गरे।