राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ।
महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको सूचना अनुसार बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने छ।
उक्त बैठकका पाँच कार्यसूची तय भएको उनले जनाएका छन्।
महिना दिनअघि सकिएको महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा र परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम र विविध गरी पाँचवटा कार्यसूची छन्।