अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूले एक जना मात्रै सल्लाहकार राखेको बताएका छन्।
उनले यो कुरा अर्थ मन्त्रालयमा सोमबार भएको वार्षिक राजश्व समीक्षा बैठकमा भनेका हुन्।
अर्थमन्त्री वाग्लेले आफूले एक जना अवैतनिक राजश्व सल्लाहकार राखेको बताए।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा भने धेरै जना सल्लाहकार रहेको संकेत गरेका थिए।
‘तपाईंहरूले आजकल सुनिरहनुभएको छ- प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार,’ अर्थमन्त्री वाग्लेले भने, ‘मैले १ जना मात्रै सल्लाहकार राखेको छु, अवैतनिक राजश्व सल्लाहकार। भनेपछि राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु।’
यो पनि- प्रधानमन्त्री बालेनले दिएका छन् सचिवालयमा २७ जनालाई नियुक्ति