सभामुख र दलका प्रमुख सचेतक तथा सचेतकहरूबीच छलफल भएको छ।
प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका हुन्।
बैठकमा प्रतिनिधि सभाको आगामी कार्यसूची, संसद्को प्रभावकारी सञ्चालन, विधेयकहरूलाई अघि बढाउने विषय तथा समसामयिक संसदीय गतिविधिबारे छलफल भएको बताइएको छ।
प्रतिनिधि सभाको बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्नेछ।