नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएपछि कांग्रेसले बैठक आह्वान गरेको हो।
श्रेष्ठको आज ललितपुरस्थित जावलाखेलको हेलियस अस्तालमा उपचारका क्रममा निधन भएको थियो।
उनको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक साउन १३ गते बिहान ८ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि आग्रह गरिएको छ।
वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने र सो पश्चात पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।