लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
नेपाली कांग्रेसकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मन्त्रीहरूको राजीनामा बुझाएकी हुन्।
नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताइन्।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति कार्यान्वयन हुने देखेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा रहेको लुम्बिनी प्रदेशका मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएका थिए। तर अहिले एमाले र नेकपाबीचको सहमति कार्यान्वयन हुने देखिएपछि कांग्रेस मन्त्रीहरूको राजीनामा मुख्यमन्त्रीसमक्ष बुझाइएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच ७ वटै प्रदेशमा सरकार निर्माणका लागि नयाँ गठबन्धन गर्ने सहमति भएको थियो।
उक्त सहमति लगत्तै कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी ५ जना मन्त्रीहरूले आइतबार नै संसदीय दलका नेतालाई आफ्नो राजीनामा बुझाएका थिए।