पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
छोरी मानुषी यमी भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री भट्टराईलाई मंगलबार बेलुकीदेखि स्वास्थ्यमा समस्या देखिएको थियो।
वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको उनको भनाइ छ।
‘हिजो बेलुका बालाई तीव्र चक्कर र वान्ता भएपछि घर नजिकैको ग्राण्डी अस्पतालमा भर्ना गर्यौं,’ उनले भनेकी छन्, ‘डाक्टरहरूका अनुसार उहाँलाई बिपीपीभीको लक्षण देखिएको छ। अन्य सबै रिपोर्टहरू राम्रै छन्। अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ।’