राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज चमती स्थित घण्टीघरमा बस्ने भएको छ।
पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको यो दोस्रो बैठक हो।
यो बैठकमा महाधिवेशनबारे केन्द्रीय सदस्यहरूले समीक्षा गर्ने महामन्त्री विपिन आचार्यद्वारा प्रेषित सूचनामा बताइएको छ।
त्यस्तै मनोनयनबाट पदपूर्ति हुने पदाधिकारी ११ र ५१ केन्द्रीय सदस्यमा मध्ये केहीमा मनोनयन हुने र सांगठनिक व्यवस्थापनसम्बन्धी निर्णय पनि हुने कार्यसूची छ।
त्यस्तै आवश्यक कार्यविधिको तर्जुमा र परिमार्जन गर्ने जनाइएको छ।
आज बस्ने केन्द्रीय समितिले आगामी अभियान तथा कार्यक्रम पनि तय गर्ने कार्यसूचिमा उल्लेख छ।
केन्द्रीय समितिको बैठक ११ बजे देखि सुरू हुने छ।