राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ।
बनस्थलीको चःमतिस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बैठक सुरू भएको हो।
बिहान ११ बजे बस्ने भनिए पनि सर्वदलीय बैठक, राष्ट्रपतिसँग सभापति रवि लामिछानेको भेटघाटका कारण बैठक झण्डै ३ घन्टा ढिलो सुरू भएको हो।
पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको यो दोस्रो बैठक हो।
बैठकमा महाधिवेशनबारे केन्द्रीय सदस्यहरूले समीक्षा गर्ने महामन्त्री विपिन आचार्यले जानकारी दिए।
त्यस्तै मनोनयनबाट पदपूर्ति हुने पदाधिकारी ११ र ५१ केन्द्रीय सदस्यमा मध्ये केहीमा मनोनयन हुने र सांगठनिक व्यवस्थापनसम्बन्धी निर्णय पनि हुने कार्यसूची छ।
बैठकले अरू आवश्यक कार्यविधिको तर्जुमा र परिमार्जन गर्ने जनाइएको छ।
आज बस्ने केन्द्रीय समितिले आगामी अभियान तथा कार्यक्रम पनि तय गर्ने कार्यसूचीमा उल्लेख छ।