संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको आज सुनुवाइ भएको छ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइमा समितिका सदस्यसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेता भीष्मराज आङ्देम्बे भने अनुपस्थित रहेका छन्।
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दल नेताको हैसियतमा आङ्देम्बे पनि सदस्य छन्। आफू सरिक परिषदले सिफारिस गरेका व्यक्तिको सुनुवाइमा उनी अनुपस्थित रहेका हुन्।
आङ्देम्बे 'स्वार्थको द्वन्द्व' हुने भन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइमा अनुपस्थित भएका हुन्।
आङ्देम्बे यसअघि सर्वोच्चका प्रधान न्यायाधीशको सुनुवाइका बेला पनि अनुपस्थित रहेका थिए।