पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनले आफू उपचार गरेर आज दिउँसो अस्पतालबाट फर्केको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
‘म उपचार गरेर फर्केको छु। उपचारमा संलग्न र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार,’ उनले भनेका छन्।
भट्टराईलाई वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि मंगलबार बेलुकी ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
‘डाक्टरहरूका अनुसार उहाँलाई बिपीपीभीको लक्षण देखिएको छ। अन्य सबै रिपोर्टहरू राम्रै छन्। अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ,’ भट्टराईकी छोरी मानुषी यमी भट्टराईको भनाइ छ।