राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा उनले आवश्यक परे अर्को पाँच वर्ष पनि आफू त्याग गर्न तयार रहेको बताएका हुन्।
'आवश्यक परे म अर्को पाँच वर्ष पनि प्रधानमन्त्री पद छाड्न तयार छु,’ लामिछानेले बैठकमा राखेको धारणा उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'मलाई कुनै लोभ छैन।'
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ।
बैठक सचिवालय गठनको तयारी गरिरहेको छ।
पदाधिकारीको मनोनयन भने अर्को साता मात्र गर्ने सभापति लामिछानले बताएका छन्।