नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीबाट संसदलाई उपेक्षा भएको बताएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले ४४ दिन संसद बैठक चल्दा प्रधानमन्त्री ७ दिन लगभग दुई/तीन घन्टा संसदमा उपस्थित भएको पनि उनले बताए।
‘सांसदहरूले स्पष्टीकरणको माग निरन्तर उठाउँदा प्रधानमन्त्रीको उपेक्षा र अनुत्तरदायीले संसदको चरम अपमान भएको छ, यस्तो आत्मकेन्द्रित सोच र अहंकार हुकुमी प्रवृत्ति हो,’ उनले भने।
नागरिकका आधारभूत आवश्यकताप्रति राज्यको चरम उपेक्षा, सुनसरी देवानगञ्जको गोली कान्ड र सेना परिचालनको स्थिति दुर्भाग्यपूर्ण मात्र नभई यो धर्म सम्प्रदाय र संस्कृति बीचको हाम्रो एकता र विशेसतालाई गम्भीर चुनौती पनि भएको उनले बताए।
‘सुकुम्बासी र लघुवित्त पीडित बिचल्लीमा छन्। महँगी र आर्थिक मन्दीले जनजीवन कष्टकर छ तर सरकारमा गाम्भीर्यता देखिन्न। के अत्यधिक बहुमतको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन फेसबुकबाट चल्ने हो?’ उनले भने।