प्रधानमन्त्री बालेन शाहले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बिहीबार टेलिफोन संवाद गरेका छन्।
बिहीबार राति उनीहरूबीच सुनसरी, सिरहा लगायत विभिन्न ठाउँमा भएका घटनाबारे र मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
संवाद क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।
प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा सम्बोधन समेत गरेका छन्।