नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार र स्थानीय सरकारहरूसँग छलफल गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न सभापति थापाले कोशी प्रदेश र मधेस प्रदेश सरकारका साथै सो प्रदेशभित्रका स्थानीय जनप्रतिनिधिहरूसँग भर्चुअल रूपमा कुराकानी गरेका हुन्।
छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि सहभागी छन्। साथै संसदीय दल नेता भीष्मराज आङ्देम्बे पनि सहभागी छन्।
सुनसरीलगायत जिल्लाहरूमा घटना भएको सन्दर्भमा सद्भाव कायम राख्न कांग्रेसले पटक पटक आग्रह गर्दै आएको छ।
सभापति थापाले सद्भाव भड्काउने काम गरेको पाइए पार्टी सदस्यबाट निकाल्ने चेतावनीसमेत दिएका छन्।