पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चर्चित आरोही निर्मल पुर्जा सहितका आरोहीहरुको खोजी र उद्दारका लागि नेपालबाट उनका उनका साथी मिङ्मा डेभिड शेर्पा सहित ३ जनाको टोली पाकिस्तान जाने भएका छन्।
रास्वपाका सांसद समेत रहेका शेर्पा निर्मल पुर्जाको कम्पनी 'इलाइट एक्सपिडिसन'का पार्टनर समेत हुन्।
उनले सेतोपाटीसँगको कुराकानीमा आजै कतार हुँदै पाकिस्तान जान लागेको बताए। उनको साथमा उच्च हिमाली क्षेत्रमा उडानको अनुभव भएका पाइलट समेत जान लागेका छन्।
त्यस्तै बेलायतबाट पनि उनको खोजी तथा उद्दारका लागि केही व्यक्तिहरु पाकिस्तानका लागि प्रस्थान गरेका हुन्।
शेर्पाका अनुसार माउन्ट के टूको समिटमा रहेको इलाइट एक्सपिडिसनको टोली पनि आरोहणको योजना रद्द गरेर ब्रोड पिक तर्फ लागेको छ।
शेर्पाले खोजीका लागि हेलिकप्टर ब्रोड पिकमा पुगेको तर फर्किनसकेको शेर्पाले बताए।
'त्यहाँको मौसम राम्रो छ', शेर्पाले भने, 'मौसम राम्रो भएकै कारण ओरहण तय गरिएको हो।'
उनले सरकात्मक खबरको प्रतिक्षा गरिरहेको बताए।
'स्याटलाइट डेटामा अझै पनि निर्मल पुर्जाको मुभमेन्ट देखिएको छ,' उनले भने।
निर्मल पुर्जासहित ६ नेपाली संलग्न १० जनाको टोली बिहीबार ब्रोड पिक आरोहणका क्रममा हिमहिरोमा परेका थिए।
बेपत्ता १० जनामध्ये ४ जनाको शव भेटिएको छ।