राष्ट्रपति कार्यालय शीतलनिवासमा संविधान दिवस मनाइएको छ।
शनिबार विशेष समारोह गरी शीतलनिवासमा संविधान दिवस मनाइएको हो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह,सभामुख डिपी अर्याल, रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत विभिन्न दलका नेता तथा उच्च पदस्थहरू सहभागी छन्।
संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा सरकारको आयोजनामा विशेष समारोह गरिएको थियो।
सो समारोहमा पनि राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित थिए।
संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा पनि बर्सेनि विशेष समारोह हुँदै आएको छ।
तस्बिरहरूः














सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।