रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले लिगलिगकोट दौडलाई निरन्तरता दिन आग्रह गरेका छन्।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले केही वर्षदेखि लिगलिगकोट दौड रोकिएको र स्थानीयले गुनासो गरेको उल्लेख गरे।
‘चेपेदेखि लिगलिगकोटसम्म करिब १३ किमि दौडेर राजा हुने परम्परा थियो, यो पर्यटन, संस्कृति र खेलकुदका लागि प्रेरणा हुने इतिहास रहेकोले जीवन्त हुन जरूरी छ,’ उनले भने, ‘२०८० सालदेखि दौड रोकिएको छ, सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु, यसलाई निरन्तरता दिनुपर्छ।’