सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाले इ-बिडिङ प्रणालीलाई तत्काल लागू गर्न माग गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले व्यवस्थित भएको इ-बिडिङ प्रणालीबाट पुरानै कागजी प्रणालीमा फर्किँदा विभिन्न घटना भएको भन्दै अनलाइन प्रणाली तत्काल लागू गर्न माग गरेकी हुन्।
'खरिद ऐनमा व्यवस्थित इ-बिडिङ ठेक्का प्रविधिमा कारण देखाई पुरानै परम्परालाई दोहोर्याउँदै हार्ड कपिमा फर्कनु सीमित व्यवसायीको मिलेमतो र दम्भको आधारमा पाउने ठेक्का प्रणालीले गर्दा टेण्डर बिडिङमा दैनिक घटना घटेको कुरा सरकारको ध्यानाकर्षण गराउँछु,' उनले भनिन्।