नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटन हुन अब केही बेरमात्रै बाँकी छ।
काठमाडौंको खुला मञ्चमा महाधिवेशन प्रतिनिधिहरू पुग्ने क्रम जारी छ।
सँगै पार्टीका कार्यकर्ता र शुभेच्छुकहरू पनि खुलामञ्च जाँदै छन्।
खुला मञ्च वरिपरिकै विभिन्न ठाउँबाट सांस्कृतिक बाजागाजासहितका र्यालीहरू महाधिवेशन स्थल पुगिरहेका छन्।
महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुने भनिएको छ।
तस्बिरहरूः

















