कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ।
बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्।
सातौं स्थानमा रहेकी मन्त्री गौतमलाई तेस्रो स्थानमा लगिएको हो।
चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट गौतम उपसभापतिमा निर्वाचित भएकी थिइन्।
प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन शाह वरीयतामा पहिलो क्रममा छन्। त्यसपछि अर्थमन्त्रीसमेत रहेका उपसभापति स्वर्णिम वाग्ले दोस्रो र उपसभापतिसमेत रहेकी कानुन मन्त्री गौतम तेस्रो वरीयतामा छन्।
अहिले तेस्रो वरीयतामा परराष्ट्र मन्त्रीसमेत रहेका नेता शिशिर खनाल थिए।
हालै प्रधानमन्त्रीको भारत भ्रमणका बेला चौथो वरीयतामा रहेका श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो। त्यसभन्दा माथिको वरीयतामा रहेका सबै मन्त्री भारत भ्रमणमा थिए।
पार्टीकी उपसभापतिसमेत रहेकी गौतमलाई सातौं वरीयतामा राखिएको भन्दै पार्टीभित्र केही नेताहरूले प्रश्न उठाइरहेका थिए। त्यसपछि गौतमलाई प्रधानमन्त्रीले तेस्रो वरीयतामा राखेका छन्।
यसअघि पनि मन्त्रीहरूको वरीयता हेरफेर गरिएको थियो। सरकार गठनलगत्तै गृहमन्त्री सुधन गुरूङको वरीयता माथि पारेर मन्त्रिपरिषद गठन गरिएको थियो। तर पछि गृहमन्त्री गुरूङको वरीयता हेरफेर गरिएको थियो। सुरूमा तेस्रो वरीयतामा गृहमन्त्री गुरूङ थिए।
